
काठमाडौँ – महोत्तरीमा प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
सिन्धुली कमलामाई २ का २१ वर्षीय देवेन्द्र कार्कीलाई १४ पत्तामा रहेको २ सय १० पीस लागू औषध नाईट्राभेटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
सम्सीवाट गौशलातर्फ जाँदै गरेको प्र २ ह ०७५१ नंको अटोलाई गौशाला समसी सडकस्थित कठधारनजिक चेक जाँच गर्दा कार्कीले बोकेको साइड झोलाबाट उक्त लागूऔषध बरामद गरेको प्रहरीले जनाएको छ।
कार्कीमाथि अनुसन्धान गर्न महोत्तरी जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ।