
काठमाडौँ – काभ्रेपलाञ्चोकको मदण्नदेउपुर नगरपालिकाले हप्तामा एक दिन मात्र बिदा दिने निर्णय गरेको छ।
यसअघि सरकारले यही जेठ १ गतेदेखि हप्तामा दुई दिन(शनिबार र आइतबार) बिदा दिने निर्णय गरेको भएपनि सो नगरपालिकाले सो नियम लागु नगर्ने भएको हो।
नगरपालिकाकाले एक सूचना जारी गर्दै अर्को व्यवस्था नभए सम्मको लागि हप्तामा एक दिन मात्र बिदा दिन नगरपालिका भित्रका सबै वडा कार्यालय, स्वास्थ्यसंस्था तथा विद्यालयहरूलाई निर्देशन दिएको छ।
यसका साथै नगरपालिकाले आइतबारदेखि बिहीबारसम्म १० देखि ५ बजेसम्म र शुक्रबारको दिन १० देखि ३ बजेसम्म कार्यालय समय निर्धारण गरिएको जनाएको छ।