आज थप २६ जनामा कोरोना

आज थप २६ जनामा कोरोना
+
-

काठमाडौँ – देशभर पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा पाँच हजार ६०५ को नमूना परीक्षण गर्दा चार हजार ५२८ ले पिसीआर र एक हजार ७७ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा नौ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन्। यससँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६७ हजार ११९ पुगेको छ।

संक्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ८२ हजार ४१३ ले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल सक्रिय संक्रमितको संख्या १११ रहेको छ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ। होम आइसोलेशनमा ११०, संस्थागत आइसोलेसनमा एक र आइसियुमा एक जना संक्रमित रहेका छन्।

हाल देशभरमा २०० सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला कुनै पनि छैनन्। शून्य संक्रमित रहेका जिल्लामा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, भोजपुर, इलाम, तेह्रथुम, पर्सा, सप्तरी, बारा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, मकवानपुर, चितवन, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, रुकुम पूर्व, कपिलवस्तु, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, सुर्खेत, कालिकोट, बाजुरा, दार्चुला, बझाङ र डडेलधुरा रहेका छन्।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा ३५ र ललितपुरमा दुई र भक्तपुरमा तीन सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। कुल संक्रमण दर १७ दशमलव दुई प्रतिशत छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?