खेतमा तरकारी टिप्न जाँदा बाघको आक्रमणः एक व्यक्ति घाइते, मरे भैंसी र बंगुर

खेतमा तरकारी टिप्न जाँदा बाघको आक्रमणः एक व्यक्ति घाइते, मरे भैंसी र बंगुर
+
-

काठमाडौँ–चितवनमा पछिल्लो समय बाघले मान्छेलाई आक्रमण गरेका घटना बढेका छन्।

बाघको आक्रमणका घटना बढेपछि चितवनमा निकुञ्ज आसपास बसोबास गर्ने मानिसमा त्रास बढेको छ।

खेतमा तरकारी टिप्न गएकादेखि जंगलमा घाँस दाउरा खोज्न गएका व्यक्तिलाई बाघले आक्रमण गरिरहेको छ। बाघको आक्रमणको घटना बढ्दै गए पनि यसको न्यूनीकरणमा स्थानीय सरकार वा केन्द्र सरकारले चासो दिएको छैन।

आज बिहान खेतमा तरकारी टिप्न गएका पूर्वी चितवनको राप्ती नगरपालिका-१ डिपार्टका ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाईबा)लाई बाघले आक्रमण गरेको छ।

बाघको आक्रमणबाट घाइते भएका थिङको उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।

उनका अनुसार घाइतेको अनुहार र घाँटीमा चोट लागेको छ।

घाइतेको अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले उद्धार गरेको हो।

उक्त बाघले स्थानीय सुकबहादुर थिङको एउटा भैंसी र सुकराम तामाङको दुईवटा वटा बंगुर मारेको पाइएको उनले बताए।

त्यस्तै, बाघले जितबहादुर थिङको एउटा गाईलाई आक्रमण गरी घाईते बनाएको उनले बताए।

यसअघि २४ जेठमा भरतपुर महानगरपालिका-२३ की मंगली बोटेको बाघको आक्रमणबाट मृत्यु भएको थियो। स्थानीय घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएका बेला बोटेलाई बाघले आक्रमण गरेको थियो।

जेठ महिनमा मात्रै बाघले आक्रमण गरेको यो पाँचौ घटना हो। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वनहरु पाटे बाघको मुख्य बासस्थान भएका क्षेत्र हुन्।

पाँच वर्षअघिको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा पाटेबाघ छन्। गतवर्ष बाघको गणना गरिए पनि बाघको तथ्यांक सार्वजनिक गरिएको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?