
अ
+
अ
अ
-
काठमाडौँ – चितवनको ईच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिकै आज बिहान बसको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा सुनसरीको झुम्काका अन्दाजी २३ वर्षीय जनक दाहाल रहेका छन्।
काठमाडौँबाट भारतको सिलगढीतर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको बसले सोही बसका परिचालक दाहाललाई आज बिहान ४ बजे ठक्कर दिएको थियो।
बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।