दलित छात्रको पठनपाठनको जिम्मा गुरुकुलले लिने

दलित छात्रको पठनपाठनको जिम्मा गुरुकुलले लिने
+
-

महोत्तरी – २१ जेठमा बर्दियाका नरेन्द्र सुनार आफ्ना २ जना छोरासहित ४ जना बच्चालाई पुरोहित पढाउन ललितपुर हानिदा दलित भएकै आधारमा भर्नावाट नै बञ्चित भइन्छ भनेर सोचेका पनि थिएनन्।

शंखमुलस्थित जगद्गुरु आदर्श संस्कृत गुरुकुलमा भर्ना गर्ने तयारीसहित जब आश्रम पुगे तब नरेन्द्रका लागि ठिक उल्टो बन्यो।

सोधखोजको क्रममा अध्ययन गर्ने बालक दलित भएको थाहा पाएपछि भर्ना सिट नभएको भन्दै गुरुकुलले त्यतिकै फर्काइदियो।

तर, कहिलेकाही कसैले नराम्रो गर्न खोज्दा राम्रो बनिदिन्छ भन्ने भनाइ नरेन्द्र सुनारलाई लागू भएको छ।

दलित भएकै आधारमा भर्ना नपाएको समाचार केही सञ्चार माध्यमहरुले सम्प्रेषण गरेपछि नरेन्द्रका छोराहरुले ३०४ वर्ष पुरानो देशकै जेठो गुरुकुल महोत्तरीको मट्टीहानीस्थित राजकीय संस्कृत माध्यामिक विध्यालयमा भर्ना हुने सौभाग्य प्राप्त गरेका छन्।

‘केही सञ्चार माध्यममा दलित भएकै आधारमा भर्ना नपाएको भन्ने समाचार देखेपछि हामीले भर्ना गर्ने घोषणा गरेका हौ’ मट्टीहानीस्थित उक्त गुरुकुलका प्राचार्य इश्वरी पौडेलले भने।

चारै जना छात्रहरुको पठनपाठन, बसोबास र खानपानको सम्पूर्ण व्यवस्था गुरुकुलले नै जिम्मा लिने प्राचार्य पौडेलको भनाइ छ।

बालगुरु षडानन्दले समेत शिक्षा लिएको उक्त गुरुकुलमा कसैलाइ पनि भेदभावको नजरले नहेरिने बताउँदै प्राचार्य पौडेलले भने ‘हाम्रो विध्यालयमा दलित मात्र हैन इस्लाम धर्मका धर्मावलम्बीहरु समेत अध्ययन गरिरहेका छन्।’

४ मध्ये २ जनालाई चितवनको देवघाटमा भर्ना लिने बताएता पनि पठनपाठनमा समस्या वन्ने अभिभावकहरुको गुनासो छ।

३ महिनासम्म परीक्षण हुने र त्यसपछि सुधार नभए पठनपाठनको जिम्मा नलिने शर्तमा भर्ना गर्न लागेको अभिभावकहरुको भनाइ छ।

अभिभावकहरुको पुरोहित बनाउने सपनालाई साकार बनाउन आफूहरु प्रतिबद्ध रहेको बताउदै प्राचार्य पौडेलले छात्रहरुलाई निर्धक्क भएर मट्टीहानीस्थित गुरुकुल पठाउन आग्रह गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?