
काठमाडौँ – बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जीप दुर्घटनामा परेको छ।
मेलौलीबाट पाटनतर्फ जादैँ गरेको सु.प.प्र.०१ ००१ च ३१२५ नम्बरको (टाटासुमो) जीप पाटन ६ को मेल्तडा खोलामा दुर्घटना परेको हो।
इलाका प्रहरी कार्यालय पाटनका अनुसार दुर्घटनामा परी एक जना घाईते भएका छन्।
घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ। घाइतेको परिचय खुलेको छैन।
खोलामा हालिएको साघुँरो पुलबाट गाडीखस्नगई दुर्घंटनामा परेको प्रहरीले जनाएको छ।
खोलामा हालिएको पुल साँघुरो भएका कारण दुर्घटना भएको आशंका गरिएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।