
काठमाडौँ – बाराको महागढीमाई नगरपालिका-८ हुलाकी राजमार्ग सडक खण्डस्थित थलही पुलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक भारतीय नागरिकसहित दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुर्वण गाँउपालिका ७ का ३५ वर्षीय बिरुलाल यादव र मोतिहारी पूर्वी चम्पारण समरपुर वडा नं. २ मा बस्ने ३० वर्षीय भारतीय नागरिक मेवा चन्द्र राय यादव रहेका छन्।
आइतबार राति करिब ११ बजे प्र ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल बरियारपुरबाट लंगडाचोक जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको थियो। प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई थलही पुलबाट २५ फिट तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते दुबैलाई तत्काल उपचारका लागि कलैयामा रहेको जिल्ला अस्पताल कलैयामा लगिएको थियो।
जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।