
अ
+
अ
अ
-
काठमाडौँ – चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलमा हिजो साँझ कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक घाइते भएकी छन्।
मृत्यु हुनेमा स्थानिय ४२ वर्षीया सेतीमाया घलान अधिकारी रहेकी छन्।
गैरीबारी रिसोर्ट तर्फ जादै गरेको बा २० च ४११४ नम्बरको कारको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही कारको ठक्करबाट गम्भीर घाईते भएकी स्थानीय ५५ बर्षीया राधीका बोटेको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।
हिजो साँझ पौने ६ बजे भएको सवारी दुर्घटनामा संलग्न कार चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय टाँडी चितवनले जनाएको छ।