अब श्रम स्वीकृति भैरहवाबाटै

अब श्रम स्वीकृति भैरहवाबाटै
+
-

भैरहवा – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीको बहानामा ठगी गर्ने कोही कसैलाई छुट नहुने बताएका छन्।

बुधबारबाट भैरहवामा संचालनमा आएको वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गर्न रुपन्देही पुगेका मन्त्री श्रेष्ठले भने ‘ म जे बोल्छु त्यही गर्छु, गर्न सक्ने मात्र बोल्छु। सोझासाझा श्रमिकलाई ठगेर विदेश बस्ने दलालमाथि कानुनी कारवाही हुन्छ।

‘सोझासाझा नागरिकलाई ठगेर विदेश गएर बस्ने दलालहरुले अब ठगी गर्न नसोचे हुन्छ, हामी ठगी गर्न दिदैनौँ’, उनले चेतवानी दिँदै भने, ‘ठगी गरेर विदेश जाने दलालहरुलाई विश्वको जुनसुकै कुनामा भए पनि घिसारेर ल्याउँछौँ।’

‘विदेश पठाउने भन्दै ठगहरुले हाम्रा दाजुभाइलाई ठगिरहेका छन्, अब त्यस्ता ठगहरुलाई ठग्न दिइने छैन’, मन्त्री श्रेष्ठले भने, ‘कतिपय ठगेर विदेशमा गएर बस्ने गरेका छन्, हामीले त्यस्ता ठगलाई जहाँ भए पनि ल्याएर कारवाही गर्छौँ।’ उनले ठगहरुविरुद्ध प्रहरी मार्फत रेड कर्नर नोटिस जारी गराएर विदेशमा लुकेर बसेकाहरुलाई स्वदेशमा ल्याउन लागेको जनाए।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यो कार्यालय स्थापना हुनुपर्छ भन्ने ठूलो आवाज थियो। शाखा संचालनमा आए पछि पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिका लागि काठमाडौं जानुपर्ने बाध्यता हटेको छ।

श्रेष्ठले जिल्ला प्रशासन कार्यालय अगाडि भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गरेका हुन्। कार्यालयमा शाखा अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा काम सुरु भएको छ।

भैरहवामा अब अन्य पूर्वाधार, भिसा सेन्टर, मेडिकलको व्यवस्था लगायत काम हुने गरी लाग्ने बताए। विमानस्थलबाट व्यवसायिक उडान सुरु भएको दुई महिनापछि श्रमस्वीकृति दिने उद्देश्यसाथ कार्यालय स्थापना भएको छ यसले नरायाणी वारीसँगै लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम, गण्डकी प्रदेशका केही जिल्लाहरुका नागरिकलाई पनि सेवा लिन सहज हुनेछ।

शाखा स्थापना भएपछि भीसा सेन्टरका लागि पनि सम्बन्धित देशका राजदुतावास मार्फत कुटनीतिक पहल भइरहेको मन्त्रलायले जानकारी दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?