
दाङ – दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार गरेको आरोप लागेका चारमध्ये दुई जना पक्राउ परेका छन्।
तुलसीपुर उपमहनगरपालिका-५ की २५ वर्षीया युवतीमाथि २ असार राति तुलसीपुर-९ दोघरेस्थित निर्माणाधीन घरमा चार जनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।
आरोपितमध्ये तुलसीपुर-९ दोघरेका २४ वर्षीय शंकर बिक र २३ वर्षीय कमल चौधरी पक्राउ परेका हुन् भने अन्यको खोजी जारी रहेको प्रहरी प्रमुख सुरेश काफ्लेले बताए।