वायु सेवा सञ्चालक संघ नेपालले भाेलिदेखि देशैभरि हवाई सेवा बन्द गर्ने

वायु सेवा सञ्चालक संघ नेपालले भाेलिदेखि  देशैभरि हवाई सेवा बन्द गर्ने
+
-

काठमाडाैँ- वायु सेवा सञ्चालक संघ नेपालले भोलिदेखि देशैभरि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ।

आज (मंगलबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले हवाई सेवा बन्द गर्ने जनाएकाे हाे।

सरकारले जहाज र हेलिकाेप्टरले राति काठमाडाैँबाहिर ताेकिदिएकाे आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेकाे थियाे‍। साेही निर्णयकाे विराेधमा संघले सेवा बन्द गर्ने बताएकाे हाे।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्दै गएकाले बाहिरका विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेकाे थियाे।

संघले सरकारले निर्णय गर्दा हवाई कम्पनीहरूसँग छलफल नगरी भविष्यमा आउने समस्याहरूप्रति वेवास्ता गरिएकाे संघकाे आराेप छ।

विज्ञप्तिमा भनिएकाे छ,’उल्लेखित निर्णय गर्दा सम्बन्धित हवाई सेवा कम्पनीहरुसँग छलफल नगरी भविष्यमा आइपर्ने समस्याहरुप्रति वेवास्ता गरएिको र एकपक्षीय रुपमा स्वेच्छाचारी निर्णयले वायुसेवा कम्पनीहरुबाट प्रदान गरिने सेवाहरुमा समस्या उत्पन्न हुन गएको तथा निजी क्षेत्रबाट गरिएको ठूलो लगानी डुब्ने अवस्था सृजना भएको व्यहोरा स्पष्ट पार्न चाहन्छौँ।’

संघले यसै विज्ञप्तिमार्फत प्रधानमदन्त्रीकाे ध्यानाकर्षणसमेत गरेकाे छ।

‘राज्य र नागरिकहरूसँग प्रत्यक्ष जोडिएका अति संवेदनशील विषयहरुमा उत्पन्न समस्याको तत्काल निराकरणका लागि यसै विज्ञप्तिमार्फत सम्माननीय प्रधानमन्त्रीज्यूको समेत ध्यानाकर्षण गराउन चाहन्छौँ। उत्पन्न बाध्यात्मक परिस्थितिका कारण लिनु परेको यो कठोर कदमले सरकार, नागरिक तथा स्वदेशी तथा विदेशी यात्रुवर्गमा पर्न जाने समस्याप्रति यो स्रंघ गम्भीर क्षमायाचना गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?