
काठमाडाैँ- आज बागमती प्रदेशसभाको बैठक बस्ने भएकाे छ।
आइतबार (आज) दिउँसो २ बस्ने बैठकमा यही असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।
प्रदेशसभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न १२ बजे बस्नेछ।
प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेको तर्फबाट सरकारले प्रस्तुत गरेको आवको बजेटमाथि संशोधन गरियोस् भनी प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्य रामेश्वर फुँयालले बताए।
प्रदेश सरकारले आगामी आवका लागि कुल ७० अर्ब ९३ करोड अनुमानित बजेट सार्वजनिक गरेको छ।