गायिका दिलमाया सुनारको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै दोहोरी कलाकार बालाजु बृत्तमा

गायिका दिलमाया सुनारको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै दोहोरी कलाकार बालाजु बृत्तमा
+
-

नेपालटारस्थित आफ्नै डेरामा मृत भेटिएकी गायिका दिलमाया सुनारको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्न लोकदोहोरी कलाकारहरुले प्रहरी समक्ष माग गरेका छन्। एक सय भन्दा धेरै लोक दोहोरी कलाकार अहिले बालाजु चौकीमा भेला भएका छन्।

सुनारको मृत्युलाई लिएर थप रहस्य बाहिर आएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गर्दै कलाकारहरु बालाजु प्रहरी वृत्तमा पुगेका हुन्।

लाइभ दोहोरी कार्यक्रम दर्पण अध्यक्ष तथा कलाकार उदिराम खड्काले एक सय भन्दा धेरै लोक दोहोरी क्षेत्रका कलाकारहरु बालाजु वृत्तमा निष्पक्ष छानविनको मागसहित बसिरहेको देशसञ्चारलाई जानकारी दिए।

खड्काले भने, ‘दिलमायाका बहिनीहरु सुर्खेतबाट काठमाडौं आउँदैछन्, उनीहरु आइसकेपछि प्रहरीमा घटनाको जाहेरी बुझाउँछन्, अनि त्यसपछि निष्पक्ष अनुसन्धानको लागि थप दबाब दिन्छौँ।’

जाहेरीपछि अनुसन्धान अघि बढ्ने बालाजु बृत्तले जनाएको छ।

दिलमाया सुर्खेत प्रतिष्ठानकी सदस्य समेत हुन् । प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय लोकदोहोरी प्रतियोगितामा समेत उनी उत्कृष्ट भएकी थिइन् ।

शुक्रबार राति साढे एक बजेतिर दिलमायाको फेसबुकबाट सुसाइड नोटजस्तो लाग्ने स्टाटस पोस्ट भएको थियो । शनिबार बिहान पौने ११ बजे उनी कोठामै मृत भेटिएकी थिइन् ।

प्रहरीले दिलमायाका प्रेमी भनिएका सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ । शुक्रबार बिहानै सूर्य दिलमायाको कोठामा पुगेको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

३० वर्षीया गायिका दिलमायाले  ख्यातिप्राप्त लोक दोहोरी गायक राजु परियारसँग मिलेर केही चर्चित गीत गाएकी छन् भने उनी लाइभ दोहोरी गीतका कारण पनि चर्चित थिइन् ।

 

यो पनि पढ्नुहोस्

‘बाँच्न मुस्किल भयो’ स्टाटस राखेकी गायिका दिलमाया सुनार मृत फेला

‘बाँच्न मुस्किल भयो’ स्टाटस राखेकी गायिका दिलमाया सुनार मृत फेला

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?