
एजेन्सी – मध्यकोलम्बियामा बुलफाइटका क्रममा एउटा स्टेडियम भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन्।
मृत्यु हुनेमा दुई महिला, एक पुरुष र एक बालक छन्। उक्त घटना कम्तीमा ३० जना गम्भीर घाइते भएका छन्।
भिडियो फुटेजमा एल एस्पिनल रंगशालामा दर्शकहरूले भरिएको तीन तले काठको स्ट्यान्ड खसेको देखिन्छ।
परम्परागत ‘कोरलेजा’ कार्यक्रममा सर्वसाधारणको आकर्षण बढ्दो छ। राष्ट्रपतिमा निर्वाचित गुस्ताभो पेट्रोले स्थानीय अधिकारीहरूलाई त्यस्ता कार्यक्रमहरूमा प्रतिबन्ध लगाउन आग्रह गरे।
‘मानिसहरू वा जनावरहरूको मृत्यु हुने घटनाहरूलाई अनुमति नदिन म मेयरहरूलाई आग्रह गर्दछु’, उक्त घटनापछि उनले भने।
यस्तो दुर्घटना पहिलो पटक नभएको पनि उनले बताए।