
काठमाडौँ – भक्तपुरमा २१ वर्षीया युवती बलात्कृत भएकी छन्।
उनलाई बलात्कार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका- २ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
सूर्यविनायक नगरपालिका-९ बासघारीस्थित रुहोसा रिसोर्टमा ती महिलालाई मनिषले बलात्कार गरेको प्रहरीले जनाएको छ।
बलात्कार गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।