
काठमाडौँ । अवैध रूपमा काम गरेको आरोपमा दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ परेका छन्।
त्यहाँको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा १३ नेपाली पक्राउ परेका हुन्।
कामदारको रुपमा दक्षिण कोरिया पुगेका ती नेपालीले समयअवधि सकिँदा पनि काम गरेको र मौसमी कामदारको रुपमा गएपनि काम फेरेर अर्को काम गरेको आरोपमा पक्राउ परेको अध्यागम स्रोतले जानकारी दिएको छ।
पक्राउ परेका सबै कामदारको परिचय भने खुलाइएको छैन।
उनीहरुलाई नेपाल फर्काउने तयारी भइरहेको अध्यागमन कार्यालयले जनाएको छ।