पाँच वर्षमा धेरै काम गरेँ तर ढुंगेधारामा पानी ल्याउन सकिनँ: चिरिबाबु महर्जन

पाँच वर्षमा धेरै काम गरेँ तर ढुंगेधारामा पानी ल्याउन सकिनँ: चिरिबाबु महर्जन
+
-

काठमाडौँ- ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले विगतको कार्यकालको पाँच बर्षमा धेरै काम गरे पनि ‘हिति’ मा पानी ल्याउन नसकेको बताएका छन्।

पद्मसुन्दर जोशीले प्राचीन हिति प्रणालीमाथि लेखिएको वृहत अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ प्रकाशीत कार्यक्रममा उनले पाँच वर्षमा धेरै काम गरे पनि हिति अर्थात ढुंगेधारामा पानी ल्याउन नसकेको बताए। यद्यपि प्रयास भने जारी रहेको उनले बताएका छन्।

‘कुनै पनि ढुंगेधारामा पानी झार्न सकिएको छैन। प्रयास जारी छ।’ उनी भन्छन्, ‘ढुंगेधारा र इनारमा पानी आउन पानी प्रणालीलाई व्यवस्थित गर्नुपर्छ।’

उनले काठमाडौँमा एकातिर पानी व्यवस्थापन गर्न नसकेको र अर्कोतिर पोखरीहरुमा जानी सुक्दै जानु दुःखद रहेको बताएका छन्।

काठमाडौँको पानी व्यवस्थापनका लागि हिति प्रणाली एक प्राचीन प्रणाली रहेको उनले बताए।

उनले सम्पदा संरक्षणमा ललितपुर महानगर सधैँ चनाखो रहने उनले बताए।

उनी भन्छन्, ‘हामीले ललितपुर महानगरपालिकालाई स्माट शहर बनाउने भनेका छौँ तर यहाँ भएका कुनै पनि सम्पदालाई नबिगारी हामी स्मार्ट सहर बनाउँछौँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?