गोरखनाथ मठमा नयाँ नेतृत्व

गोरखनाथ मठमा नयाँ नेतृत्व
+
-

काठमाडौँ – गोरखानाथ मठको नयाँ महन्थका रुपमा ३० वर्षीय योगी देवनाथ चयन भएका छन्।  उनी वि.सं. ५२२ देखि अविच्छिन्न रुपमा चलिआएको परम्पराअन्तर्गत नयाँ महन्थ चुनिएका हुन्।

विगत सात वर्षदेखि महन्थ रहिआएका योगी श्रीषनाथले गुरुमहाराजका नामबाट परिचित योगी नरहरिनाथको मूर्ति स्थापना र प्राण प्रतिष्ठा कार्यक्रमको पाँचौँ तथा अन्तिम दिनका अवसरमा आज मृगस्थलीमा आफूले सम्हालिआएको जिम्मेवारी सम्पूर्ण अधिकारसहित योगी देवनाथलाई सुम्पिने घोषणा गरेका थिए।

७५ वर्षीय श्रीषनाथ योगी नरहरिनाथका अत्यन्तै निकटका सहयोगी तथा सहकर्मी हुन्।

योगी देवनाथ योगी नरहरिनाथ पछिका उक्त मठका चौथो महन्थ हुन्। उनले यसअघि दाङको चौघेरास्थित रत्ननाथ पीठमा पीरको कार्यभार सम्हालिसकेका छन्।

योगी नरहरिनाथले गोरखनाथ मठमा महन्थको जिम्मेवारी सबैभन्दा लामो समय अर्थात वि.सं. २००४ देखि २०५९ सम्म सम्हालेका थिए।

उनले इतिहास, संस्कृति, पुरातत्व, आयुर्वेद, दर्शन, यात्रा विवरण, अन्तर्राष्ट्रिय मामिला तथा सुरक्षासम्बन्धमा अनेकौँ पुस्तक प्रकाशित गरी विश्वसामु आफ्नो विद्वता स्थापित गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?