
काभ्रे – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा हिजो बेलुकी ट्रकमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।
बनेपाबाट काठमाण्डौ आउँदै गरेको ना ८ ख ८० ८७ नम्बरको ट्रकलाई उछिन्ने क्रममा हिजो बेलुकी सवा ७ बजे बा ६७ प २८९२ नम्बरको मोटरसाइकल सोही ट्रकमा ठोक्किएर पल्टिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडी सवार काभ्रेकै रोशी गाउँपालिका-१ का १८ वर्षीय कृष्ट लामाको उपचारका क्रममा शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको हाे।
घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय एण्डी लामाको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुवै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ ।