जनता आदर्श बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायअन्तर्गत स्नातकोत्तर तह सञ्चालन गरिने

जनता आदर्श बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायअन्तर्गत स्नातकोत्तर तह सञ्चालन गरिने
+
-

मोरङ – विराटनगरस्थित जनता आदर्श बहुमुखी क्याम्पसले सामाजिक कार्य विषयमा स्नातकोत्तर र शिक्षाशास्त्र संकायमा स्नातकोत्तर तह अध्ययन सुरु गर्ने भएको छ ।

विराटनगरमा आइतबार आयोजत पत्रकार सम्मेलनमा दुवै विषयको अध्ययन चालु शैक्षिक सत्रदेखि कला संकायअन्तर्गत अध्ययन सुरु गर्ने भएको जनाएको छ।

पत्रकार सम्मेलनका क्रममा क्याम्पस प्रमुख महेशप्रसाद निरौलाले सामाजिक कार्य विषयमा ३३ जना र शिक्षामा ६० जना विद्यार्थी अध्यापन गराउने जानकारी दिए।

अन्तर्राष्ट्रियस्तरमा समेत यस शैक्षिक कार्यक्रमको उच्च माग रहेको जनाउँदै क्याम्पस प्रमुख निरौला पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत विषय सञ्चालन हुने बताए।

एमडब्लुएस कार्यक्रम अभ्यासमा आधारित रहने बताएका प्रमुख निरौलाले सामाजिक कार्यमा स्नातक गरेका विद्यार्थीले स्नातकोत्तर अध्ययन गर्न पाउने प्रस्ट्याए।

क्याम्पसमा आधुनिक शिक्षण विधिबाट अध्यापन गराउनुका साथै विद्यार्थीलाई समुदाय तथा प्रयोगशाला शिक्षा दिने व्यवस्था छ।

एमएड शैक्षिक कार्यक्रमअन्तर्गत हाल नेपाली, अंग्रेजी, इपिएसमा अध्यापन हुँदै छ। अध्ययनका लागि क्याम्पसमा अध्ययन गर्न मोरङ जिल्लाका साथै, मोरङ आसपासका जिल्ला सुनसरी, झापा, इलाम, धनकुटा, उदयपुरलगायत एक नम्बर प्रदेश र मधेश प्रदेशका विद्यार्थीलाई समेत पायक पर्ने क्याम्पसको बुझाइ छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष