
विष्णु तिवारी
साउन २१, २०७९

अ
+
अ
अ
-
फुस्राले चिल्लो घसेर खाए
तन्काइ लाद्रो कसेर खाए।।
खान कुदेका कति हो कति
आफन्तले घुँडा धसेर खाए।।
दाैडधुप गर्दा एक पेट गाह्रो
कसैले कबचमा बसेर खाए।।
नङ्ग्रा खियाइ बटुलेका सारा
घरगोठमा लठैत पसेर खाए।।
कान्ला फलाले खस्ला भनेर
कहिल्यै नखस्ने खसेर खाए।।
लुकिछिपि खान्थे कतै पहिले
उज्यालोमा लखेटि डसेर खाए।।

