
चितवन – चितवनको राप्ती नगरपालिका-६ प्यारीढापमा आज बिहान मोटरसाइकलको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानिय ८२ वर्षीया फुलमाया राई रहेका छन्। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्यारीढापबाट भण्डारातर्फ आँउदै गरेको बागमती प्रदेश ०२ ०२२ प २१३५ नम्बरको मोटरसाइकलले आज बिहान साढे ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा संलग्न मोटरसाइकल सहित चालकलाई इलाका प्रहरी कार्यालय भण्डार चितवनले नियन्त्रणमा लिएको छ।