श्रीमान्–श्रीमती नै २५ वर्षदेखि प्रधानाध्यापक

श्रीमान्–श्रीमती नै २५ वर्षदेखि प्रधानाध्यापक
+
-

सिमकोट – हुम्लामा श्रीमान्–श्रीमती नै २५ वर्षदेखि प्रधानाध्यापकमा कार्यरत हुँदै आएको पाइएको छ। उनीहरू एउटै वडाको फरक विद्यालयमा ०५४ सालदेखि प्रधानाध्यापक छन्।

सिमकोट गाउँपालिका– ८ को स्याँडा गाउँका सैपाल हिमाल माध्यमिक विद्यालयमा देवहादुर बुढा र साँता गाउँको बलभद्र प्राथमिक विद्यालयमा प्रेमकला बुढाले प्रधानाध्यापकको रुपमा काम गर्दै आएका छन्।

तत्कालीन अवस्थामा एसएलसी उत्तीर्ण भएपछि उनी अस्थायी शिक्षक वडाकै कान्ति आधारभूत विद्यालयमा अस्थायी शिक्षक नियुक्त भएकी थिइन्। ०५० सालमा स्थायी भएकी उनी तीन महिनापछि बलभद्र प्राविमा म्याचुअल सरुवा भएकी थिइन्। दुवै जनाको विद्यालय एक घण्टाको दूरीमा छ। बलभद्रकी प्रअ प्रेमकलाले जिम्मेवारी पाएअनुसार काम गरिरहेको बताइन्।

उनको विद्यालयमा बालविकासदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने १५० जना र सैपाल माविमा ३४५ जना विद्यार्थी अध्ययनरत छन्।

उनले दुवै जना विद्यालयको प्रशासक भएका कारण आपसमा समन्वय गरेर काम गर्न सहज भएको बताइन्। सैपालका प्रधानाध्यापक बुढाले लामो समय विद्यालयको जिम्मेवारी पाउनु गर्वको विषय भएको बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष