विद्यार्थी आकर्षित हुने गरी काम गर्न शिक्षामन्त्रीको निर्देशन

विद्यार्थी आकर्षित हुने गरी काम गर्न शिक्षामन्त्रीको निर्देशन
+
-

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयमा विद्यार्थी आकर्षित हुने गरी काम गर्न निर्देशन दिएका छन्।

बिहीबार शिक्षा समन्वय इकाइका प्रमुखहरूलाई प्रशिक्षण दिँदै सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गरी विद्यार्थीको आकर्षण केन्द्र बनाउन निर्देशन दिए।

‘स्थानीय तहसँग समन्वय गरी कुन विद्यालयको अवस्था कस्तो छ भन्ने विवरण संकलन गर्नुहोस्’, उनले भने, ‘विद्यालय सुधार्ने जिम्मा हाम्रो काँधमा छ।’
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि शिक्षक तालिम, शिक्षकद्वारा गरिने अनुसन्धान र अन्य प्रवर्धनात्मक काम, अनौपचारिक शिक्षा, निरन्तर शिक्षा र समावेशी शिक्षाका लागि आवश्यक तालिमको काममा समन्वय गर्नसमेत मन्त्री पौडेलले निर्देशन दिए।

शिक्षक सेवा आयोगको नियमावली संशोधनपश्चात् शिक्षक सेवा आयोगले काम गरिरहेको भन्दै आयोगबाट तोकिएबमोजिम काम छिटो सम्पन्न गर्नसमेत आग्रह गरे।
विद्यालय समायोजनलागतय कामम सक्रियतापूर्वक काम गर्न मन्त्री पौडेलले निर्देशन दिए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष