
फार्मेशी पढेका एक जाेडीले आफ्नाे विवाहकाे कार्डकाे डिजाइन पनि औषधीकाे खाेलजस्ताे बनाएका छन्।
त्यस्ताे राेचक डिजाइनकाे परिकल्पना गर्ने भारतका इजिलारासन र वसन्तकुमारी हुन्। पेशाले फार्मेसिस्ट रहेका यी दुई यही सेप्टेम्बर ५ मा वैवाहिक बन्धनमा बाधिँदै छन्।
निमन्त्रणाका लागि आफन्त र शुभचिन्तकलाई पठाएकाे साे कार्डकाे तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ।
साे कार्डमा विवाहबारे दुलहा र दुलहीको विवरण: उनीहरूको योग्यता र विवाहको जानकारी, विवाहकाे मिति, समय र स्थल लगायतका कुरा समावेश गरिएकाे छ।
ट्याब्लेट कभरको सामान्य चेतावनी खण्डअन्तर्गत साथीहरू र परिवारलाई ‘दयालु’ चेतावनीको रूपमा दम्पतीले भनेका छन्,’सबै साथीहरू र आफन्तहरूले मेरो विवाह समारोहलाई नछुटाउनुहोस्।’
फार्मासिस्टको विवाहको निमन्त्रणा एक भारतीय नागरिक हर्ष गोयनकाले ट्विटरमा पोस्ट गरेका थिए।
A pharmacist’s wedding invitation! People have become so innovative these days…. pic.twitter.com/VrrlMCZut9
— Harsh Goenka (@hvgoenka) August 20, 2022