
काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ७३४ जना सवारी चालकमाथि कारबाही गरेको छ।
ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा मंगलबार कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
मंगलबार नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले नेपाल बन्दको आह्वान गरेको थियो। सोही दिन उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएकोमा १७४ जनामाथि कारबाही गरिएको कार्यालयले जनाएको छ।
कारवाहीमा पर्नेमा लने अनुशासन पालना नगर्ने ५६, रेड लाइटमा सवारी साधन चलाउने ६२, निषेधित क्षेत्रमा हर्न बजाउने ८४ र नम्वर प्लेट राम्रोसँग नराख्ने २५ जना सवारी चालक रहेका छन्। यस्तै, २ हजार ३३३ जनालाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ।