
महोत्तरी – महोत्तरीको बर्दिबास नगरपालिका- २ हङकङ डाँडामा गएराती मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय २२ वर्षीय अञ्जन बलमपाकी रहेका छन। उपचारका क्रममा आज बिहान सवा ८ बजे किष्ट अस्पताल ललितपुरमा उनको मृत्यु भएको हो।
गएराती सवा १२ बजे औरहीबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २-०३-००२ प ५७०६ नम्बरको मोटरसाइकल रोकेर शौच गर्दै गरेका बलमपाकीलाई नम्बर खुल्न नसकेको मोटरसाइकलले ठक्कर दिएको थियो।
फरार रहेको मोटरसाइकलमा पछाडी सवार महोत्तरीको गौशाला नगरपालिका- १ का २४ वर्षीय अशोक राउतलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
दुर्घटना पश्चात मोटरसाइकल लिएर फरार रहेका दुई जनाको भने खोजी भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।