
काठमाडौँ – शुक्रबार देशभरीकाे माैसम आंशिकदेखि सामान्य बदली रहने छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुको एक-दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातमा भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक – दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखी मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।