
काठमाडाैँ- सिन्धुपाल्चोकको त्रिपुरान्दरी गाउँपालिका- ४ बुसुन्डोलमा खोला तर्ने क्रममा बुधबार साँझ एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय अमित थामी रहेका छन्।
मामाघरबाट तीज मनाएर आमा र बहिनीका साथमा फर्किँदै गरेका थामीको खोला तर्ने क्रममा पहिरोसँगै आएको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।
उनकी आमा र बहिनी भने सकुशल रहेका छन्।
खोलामा पुल नहुँदा स्थानीले सास्ती खप्दै आएका छन्।
मुलाबारीबाट पिस्कर अध्ययन गर्न आउने विद्यार्थी तथा स्थानीयलाई बर्खामा आवतजावत गर्न खोलामा जोखिम रहेको स्थानीयले बताएका छन्।