राप्रपा नेपालले ५ हजार सहयोगीहरुसँग १०/१० हजार रुपैयाँ संकलन गर्ने

राप्रपा नेपालले ५ हजार सहयोगीहरुसँग १०/१० हजार रुपैयाँ संकलन गर्ने
+
-

काठमाडौं–राप्रपा नेपालले आसन्न निर्बाचनको निमित्त आर्थिक पक्ष मजबुत बनाउन नयाँ नितिको प्रयोग गर्ने भएको छ।

काठमाडौंमा बसेको स्रोत परिचालन समितिको बैठकले शुक्रबार अर्थ संकलनको निमित्त १००००×५००० अभियान कार्यान्वयन गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष कमल थापाको उपस्तिथिमा बसेको बैठकले यो अभियान अन्तर्गत पाँच हजार सहयोगीहरु प्रत्येकबाट दश/दश हजार रुपैयाँ संकलन गर्ने निर्णय गरेको स्रोत परिचालन समितिका प्रमुख एवम् पार्टीका सहमहामन्त्री दमन बस्नेतले जानकारी दिए।

यसैगरी पार्टीका केन्द्रीय सदस्य तथा पदाधिकारीहरुबाट सहयोग प्राप्त गर्ने तथा स्वेच्छाले सक्दो सहयोग गर्न कार्यकर्ता, सहयोगी, शुभचिन्तक र आमजनतामा आह्वान गर्ने, त्यसको निम्ति ईसेवा,फोनपे र बैंक ट्रान्सफर जस्ता माध्यमबाट पार्टीको राष्ट्रिय बाणिज्य बैंकको खातामा सहयोग रकम जम्मा गर्न अनुरोध गर्ने समेत निर्णय भएको बस्नेतले जानकारी दिए।

बैठकमा पार्टीका पदाधिकारी सहित समितिका सदस्यहरुको उपस्थिति रहेको थियो। बैठकले एक अपिल सार्बजिक गर्ने समेत निर्णय गरेको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’