काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत फेरिए

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत फेरिए
+
-

काठमाडौँ- काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।

सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव वसन्त अधिकारीलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका हुन् ।

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् ।

अधिकारी महानगरमा बुधबार हाजिर हुने बताइएको छ। अतिरिक्त समूहमा रहेकी स्किम श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुरेश राउतलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेश, बेपत्ता आयोगकी रोशनी कुमारी श्रेष्ठलाई गृह मन्त्रालय, वित्त आयोगका शम्भु कार्कीलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता टोकराज पाण्डे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएका छन् । सूचना विभागका महानिर्देशक गोगनबहादुर हमाल गृह मन्त्रालयमा सरुवा भएका छन्।

त्यस्तै स्थानीय पूर्वाधार विकास मन्त्रालयका कृष्ण कुमार मिश्र भौतिक पूर्वाधार विकास मन्त्रालय मधेस प्रदेश सरुवा भएका छन् भने उक्त स्थानका दीपक कुमार दासलाई वित्त आयोगमा तानिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?