
काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ७०२ जना सवारी चालकलाई कारबाही गरेको छ।
ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा शनिबार उनीहरुलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १८२, लेन अनुशासन पालना नगर्ने ४८, रेड लाइटमा सवारी साधन चलाउने ६२, निषेधित क्षेत्रमा हर्न बजाउने १७४ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३२ जना सवारी चालक रहेका छन्।
यस्तै २ हजार २०४ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ।