यी हुन् स्वादिष्ट थकाली खानाका लागि प्रख्यात काठमाडौँका ५ ठाउँ

यी हुन् स्वादिष्ट थकाली खानाका लागि प्रख्यात काठमाडौँका ५ ठाउँ
+
-

काठमाडौँ – अहिले काठमाडौँको कुनै पनि कुनामा उभिएर आँखा डुलायो भने जताततै ‘थकाली खाना’ अंकित बोर्ड देख्न सकिन्छ। दुई–चार पाइला हिँड्नासाथ तपाईंले ‘थकाली भान्छा’ फेलापार्नु हुनेछ। थकाली खाना सेट सर्वव्यापी भएको छ तर बढ्दो आधुनिकीकरणसँगै यसको स्वादमा एकरुपता भने पाउन मुस्किल भएको छ।

फापरको ढिंडो वा मसिनो चामलको भात, च्याङ्ग्राको सुकुटी, गुन्द्रुकको अचार, जिम्बुले झानेको कालो दाल, गोलभेंडा र टिमुरको अचार, साग, मौसमी तरकारी, घिउ र मोही– यही हो थकाली खाना।

थकाली खाना एक ब्रान्ड हो, नेपाली स्वादलाई चिनाउने यो खान्की अब थकाली समुदायमा मात्र सीमित छैन। अरु समुदायमा पनि यो उत्तिकै लोकप्रिय छ।

थकाली खाना कहाँबाट आयो ?


‘थकाली खाना’ थकाली जातिको आफ्नो मौलिक खाना हो। थकालीहरुको मूलथलो थाक सातसय क्षेत्र हो, जुन क्षेत्र अहिले मुस्ताङको दक्षिणतर्फ पर्छ। थाक खोला क्षेत्रलाई पितृथलो मान्ने जाति भएकाले उनीहरुलाई थकाली भनिएको हो।

यहाँ केही यस्ता थकाली पसल छन्, जहाँको खाना खान पारखीहरु टाढा–टाढाबाट धाउँछन्।

१) मन्त्र थकाली, झम्सीखेल


ललितपुरको झम्सिखेलस्थित मन्त्र थकालीकी सञ्चालक हुन् तृष्णा शेरचन। तृष्णासँग उनका तीन जना साथीहरु रोशनी शेरचन, बिनिता गौचन र नमिता भट्टचन पनि जोडिएका छन्।

यहाँ भेज तथा नन् भेज दुवै खाना सेट पाइन्छ। मांसाहारीलाई कुखुरा, खसी, माछाका अलावा पोर्क पनि पाइन्छ।

मन्त्रका पोखरामा अन्य ब्रान्च छन्।

२) जिम्बु थकाली, टंगाल


टंगालमा रहेको यस थकाली भान्छा घरले भेज तथा नन् भेज दुवैथरी परिकार पस्किँदै आएको छ।

यहाँको खानामा च्याउ, मौसमी तरकारी, दाल, साग, करेला, गोलभेंडा र मूलाको अचार, दही समावेश हुन्छ।

यस्तै मांसाहारीलाई भने खसी, कुखुरा तथा माछाको व्यवस्था छ। परिवारसहित जमघट गर्न सकिने यो बिहान ९ बजेदेखि बेलुकी ९ बजेसम्म खुल्ला रहन्छ।

जिम्बुमा भेज खानाको ४६० रुपैयाँ पर्छ भने कुखुराको मासुसँग ५२० रुपैयाँ पर्छ। यस्तै माछाको ५९० रुपैयाँ पर्दछ भने खसीको मासुसँग खाना खाएको ७२० रुपैयाँ पर्छ।

३) थकाली भान्छा घर, ठमेल


ठमेलमा रहेको थकाली भान्सा घरमा पनि भेज तथा नन् भेज दुवैथरी खाना पाइन्छ। भेज खानामा दाल, भात, तरकारी, साग, अचार, गुन्द्रुक, दही, आलु, करेला आदि पाइन्छ भने नन्‌ भेजमा कुखुराको मासु, खसीको मासु, माछा पाइन्छ।

यहाँ भेज खानाको ३४० रुपैयाँ छ भने कुखुराको मासु, बँदेलको मासु, माछाको मासुसँग भात खाएमा ४४० रुपैयाँ लाग्छ। यस्तै खसीको सुकुटीसँग खाना खाएमा ५४० रुपैयाँ लाग्छ।

यस भान्साघर बिहान ९ बजे देखि राति १० बजेसम्म खुल्छ।

४) लेते थकाली, टंगाल


मुस्ताङको एउटा सानो गाउँको नाम लेते हो र सोही नामबाट यस थकालीको नामाकरण गरिएको हो। यस थकाली घरले शुद्ध थकाली खाना पस्कन्छ।

जिम्बु र गुन्द्रुकको आचारसँग पकाइएको आलु र तरकारी करी लोकप्रिय छन्। यस थकाली घरले थकाली खानाको सबैभन्दा प्रख्यात व्यञ्जनहरूमध्ये मुला थेपे अचार पनि पस्कन्छ।

यसबाहेक यहाँ फापरको रोटी, चिकेन लोकल सेट, पाङग्राको ग्रेभी पाइन्छ।

५) थकाली घर आगान, बाँसबारी


थकाली घर वा भान्साको अनुभूति दिन राम्रोसँग सजाइएको यो उत्कृष्ट थकाली खाना उपलब्ध गराउने अर्को एक स्थान हो। यहाँको मेनुमा पाइने नयाँ विशेषता भनेको छुर्पी हो।

यस थकालीमा एउटा सानो पसल पनि छ, जहाँ मुस्ताङमा पाइने वस्तुहरू जस्तै जिम्बु, दाल र गहुँको पिठो किन्न पाइन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?