
काठमाडौँ- काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचना हटाउन सुरु गरेको छ।
सो क्षेत्रका अनधिकृत संरचनामाथि आज महानगरको टवलीले डोजर चलाएको छ ।
अनधिकृत संरचना हटाउन पटक–पटक अनुरोध गरे पनि अटेर गरेको भन्दै महानगरले बाध्य भएर डोजर चलाएको नगर प्रहरीले जानएको छ।
नगर प्रहरीका अनुसार अतिक्रमण गरी सञ्चालन भएका फुटपाथ र नक्सा विपरीतको बेसमेन्ट हटाउन डोजर चलाइएको हो ।
महानगरले यसअघि पनि विभिन्न स्थानमा रहेका अनधिकृत संरचना हटाउने, नक्सा विपरीत प्रयोग भएका बेसमेन्ट खाली गराउने, मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरु हटाउँने लगायतका कामहरु गर्दै आएको छ।