
काठमाडौँ- तेरापंथ युवक परिषद काठमाडौँको आयोजनामा शनिबार एकैपटक २ हजार ठाउँमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरीने भएको छ।
संस्थाले यसअघि २०१४ मा विश्वका विभिन्न स्थानमा १ हजार ठाउँमा एकसाथ रक्तदान कार्यक्रम आयोजना गरी १ लाख पउन्ट भन्दा धेरै रगत संकलन गरी विश्व रेकर्ड राखिसको छ। आफ्नै रेकर्ड तोड्ने साथै स्वच्छ रगतको अभाव हुन नदिने उदेश्यका साथ सो कार्यक्रमको आयोजना गरीएको संस्थाका महासचिव बजरंग जैनले बताएका छन्।
उनका अनुसार शनिबार विश्वभर २ हजार ठाउँहरुमा एकैसाथ कार्यक्रम गरी छ। कार्यक्रममा रक्तदान गर्नुका फाइदाहरु, यसका विशेषताहरु लगायतका कुराहरुमा जनचेतनासकेत जगाउने उनले बताएका छन्।
उनी भन्छन्, ‘रक्तदान कार्यक्रम मात्रै भन्दै सबैको चासोको विषय हुँदैन तर जनचेतना भनिसकेपछि त्यो केही प्रभावकारी हुन्छ भन्ने सोचले हामीले यस कार्यक्रमको आयोजना गरेका हौँ।’
संस्थाले अन्य विभिन्न समयमा समेत रक्तदानका कार्यक्राहरु संचालन गर्दै आएको छ।