टुकुचाको बाटो खोज्ने क्रम महानगरले जारी राख्ने, नदी करिडोर व्यवस्थापन गर्ने योजना

टुकुचाको बाटो खोज्ने क्रम महानगरले जारी राख्ने, नदी करिडोर व्यवस्थापन गर्ने योजना
+
-

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले हराएको टुकुचा खोला खोज्ने अभियानलाई निरन्तरता दिने भएको छ । शनिबारदेखि खोलामाथि बनाइएका थप संरचना भत्काउने तयारी भइरहेको महानगरपालिकाले जनाएको छ ।

इच्छुमतिका रुपमा पनि चिनिले टुकुचा खोलाका सम्बन्धमा शहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गरेको अध्ययनलाई आधार मानेर महानगरले संरचनाहरु टाएर खोलाको बाटो प्राकृतिक बनाउनका लागि काम सुरु गरेको हो ।

महानगरपालिकाले बिहीबार यसको सुरुवात जय नेपाल हलको परिस/मा डोजरको सहायताले खनेर खोला निकालेको थियो । शनिबारदेखि महानगरले खोलामाथि बनेका संरचना हटाउने क्रम जारी राख्ने भएको हो ।

टुकुचाको संरचना मिचेर बनाइएका ५८० भन्दा बढी कित्ता जग्गामा बनेका संरचना हटाएर खोलाको करिडोर कायम गर्ने तयारी महानगरको छ ।

महानगरको वडा नम्बर १ को नैना कुमारी देवी राणाको नाममा रहेको कित्ता नम्बर ११ तथा त्यसअघि धनी नखुलेका कित्ता नम्बर ७ को जग्गादेखि वडा नम्बर ३२ को केसम सिम्खडाको नाममा रहेको कित्ता नम्बर ३१७७ तथा नजमा बानुको नाममा रहेको कित्ता नम्बर ३३२२ सम्मका जग्गामा बनेका संरचनाले टुकुचा मिचेका छन् ।

टुकुचा खोलामा पाँच किलोमिटर लामो बहाव छ । यसको चौडाइ मुहान क्षेत्रमा तीन मिटरदेखि बहाव बढ्दै जाँदा ८ मिटरसम्म पुगेको छ ।

खोलाको बाटो खोजिसकेपछि दुवै तर्फ नदी करिडोर बनाउने तथा सार्वजनिक पार्क र सार्वजनिक शौचालयसँगै साइकल लेनसम्म बनाउने योजना रहेको छ ।

यो पनि पढ्नुहोस्

जय नेपाल हलको कम्पाउण्ड खोतल्दा भेटियो टुकुचा खोला (तस्बिरहरु)

जय नेपाल हलको कम्पाउण्ड खोतल्दा भेटियो टुकुचा खोला (तस्बिरहरु)

टुकुचा किनारका टहरा हटाउन महानगरको ३५ दिने सूचना

टुकुचा किनारका टहरा हटाउन महानगरको ३५ दिने सूचना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?