भरतपुर महानगरले २ हजार युवालाई तालिम दिने

भरतपुर महानगरले २ हजार युवालाई तालिम दिने
+
-

चितवन- भरतपुर महानगरपालिकाले दुई हजार युवालाई निःशुल्क तालिम दिने भएको छ। तालिममा सहभागी हुनका लागि आवेदनसमेत माग गरिसकेको छ।

यसका लागि भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने, कम्तीमा ८ कक्षा उत्तीर्ण र १८ वर्ष पूरा गरी ४० वर्ष नपुगेका व्यक्तिले सहकारी प्रवर्द्धन शाखामा सम्पर्क गर्नुपर्ने महानगरले जनाएको छ।

आर्थिक वर्ष २०७९/८० को सहकारी कार्यक्रम तथा प्रवर्द्धन नीति तथा कार्यक्रमबमोजिम सैलुन, प्लम्बर, इलेक्ट्रिसियन, ड्राइभिङ र मागमा आधारित ‘मेयर उद्यमशीलता’ तालिम दिन लागिएको हो।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले मागका आधारमा न्यूनतम छ महिनाको निःशुल्क तालिम प्रदान गर्न लागिएको जानकारी दिएकी छन्। युवाले इच्छा गरेअनुरूप महानगरपालिकाले प्राविधिक तालिम प्रदान गरिने जनाइएको छ।

प्रमुख दाहालले रोजगारी प्रर्वद्धन गर्ने स्थानीय सरकारको दायित्व भएकाले बढीभन्दा बढी रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले तालिम दिन लागिएको बताए।

महानगरपालिकाले चालु आवमा युवालाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र रोजगारी प्रवर्द्धन गर्न एक करोड ५० लाख बजेट विनियोजन गरेको उनले जानकारी दिइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?