
चितवन – चितवनको भरतपुर महानगरपालीका-९ टिकौली जंगलमा हिजो बेलुकी ट्याङकर र स्कूटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कूटर चालक भरतपुर महानगरपालिका-९ का ६२ वर्षीय प्राण जवारा रहेका छन् ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो ।
बिरगन्जबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ७ ख ३७ २३ नम्बरको ट्याङकर र भरतपुरबाट टाडीतर्फ जाँदै गरेको बा ८३ प ५५३ नम्बरको स्कुटर हिजो बेलुकी पौने ७ बजे ठोक्किएका थिए ।
ट्याङकर चालकलाई प्रहरी चौकी गोन्द्राङ चितवनले नियन्त्रणमा लिएको छ ।