१००० फूल फूल्ने र २८५ प्रजातिका झ्याउ सम्बन्धी पुस्तक प्रकाशित, किन महत्वपूर्ण छन् यी पुस्तक?

१००० फूल फूल्ने र २८५ प्रजातिका झ्याउ सम्बन्धी पुस्तक प्रकाशित, किन महत्वपूर्ण छन् यी पुस्तक?
+
-

काठमाडौँ – फूल फुल्ने वनस्पति र झ्याउ (ब्रायोफाइट्स) प्रजातिका वनस्पतिको विस्तृत विवरणसहितका वैज्ञानिक अनुसन्धानमा आधारित दुई पुस्तक प्रकाशित भएका छन् ।

वनस्पति विभाग अन्तर्गतको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालाले आइतबार नेपालका फूल फुल्ने प्रजाति सम्बन्धी ‘अ ह्याण्ड बुक अफ द फ्लावरिंग प्लान्ट्स अफ नेपाल’, चौथो भाग तथा झ्याउ प्रजाति सम्बन्धी ‘अ ह्याण्ड बुक अफ द ब्रायोफाइट्स अफ नेपाल’, दोस्रो भाग प्रकाशित गरेको हो ।

वरिष्ठ वनस्पतिविद डा. तिर्थ बहादुर श्रेष्ठले फूल फुल्ने प्रजाति सम्बन्धीको पछिल्लो संस्करणले थप अध्ययन अनुसन्धानमा सहयोग गर्ने बताए । उनले पुस्तकमाथि टिप्पणी गर्दै केही मसिना प्राविधि त्रुटी भए पनि त्यसलाई आउँदा दिनमा सच्याउँदै लैजान सकिने बताए ।

फूल फुल्ने प्रजाति सम्बन्धी अनुसन्धानात्मक पुस्तकका प्रमुख लेखक डा. केशवराज राजभण्डारीले नेपालभरका फूल फुल्ने प्रजातिहरु समेट्ने प्रयास गरिएको जानकारी दिए । पुस्तकलाई आधार बनाएर भावी दिनमा थप अध्ययन अनुसन्धान गरी नेपालका वनस्पतिहरुको अवस्था थाहा पाउन र समय क्रममा भएको परिवर्तनबारे जान्नका लागि सहयोगी हुने विश्वास रहेको बताए ।

सो पुस्तक डा. राजभण्डारीसँगै डा. सन्जीव कुमार राई र रीता क्षेत्रीले अनुसन्धान गरी तयार पारेका हुन् । सो पुस्तकमा फूल फुल्ने करिब एक हजार प्रजातिका वनस्पतिको विवरण उल्लेख गरिएको छ ।

झ्याउ सम्बन्धी पुस्तक लोकार्पण गर्दै डा. राधा वाग्ले ।

यस्तै झ्याउ सम्बन्धी पुस्तकले संसारभर नै तुलनात्मक रुपमा उपेक्षामा परेको महत्वपूर्ण वनस्पति र त्यसका विविध पक्षबारे थप अध्ययनका लागि सहयोग गर्ने बेलायतको रोयल बोटानिलक गार्डेन एडिन्बर्घका झ्याउविज्ञ (ब्रायोलोजिस्ट) डा. डेविड लंगले बताए ।

उनले झ्याउ सम्बन्धी अध्ययन एक्लै नभएर सहकार्यमा गर्नु पर्ने र त्यसका लागि आधार तथा माध्यम प्रकाशित पुस्तकले प्रदान गर्ने भन्दै आफू नेपालमा झ्याउका सन्दर्भमा हुने अध्ययन अनुसन्धान थप विस्तार हुनेमा आशावादी रहेको उल्लेख गरे ।

प्राध्यापक डा. निर्मला प्रधान र प्रतिक्षा श्रेष्ठले तयार पारेको अनुसन्धानात्मक पुस्तकमा नेपालमा पाइने २८५ प्रजातिका झ्याउको विवरण उल्लेख गरिएको छ ।

दुवै पुस्तकमा सूचिकृत गरिएका प्रजातिको नाम, वैज्ञानिक नाम तथा समूह, पाइने क्षेत्रको भौगोलिक अवस्थाबारे खुलाइएको छ । यसले वनस्पति सम्बन्धी इतिहासलाई व्यवस्थित गर्दै थप अध्ययनका लागि महत्वपूर्ण सहयोग गर्ने रोयल बोटानिकल गार्डेन अफ एडिन्बर्घका डा. मार्क एफ. वाट्सनले बताए ।

फूल फुल्ने प्रजातिका वनस्पति सम्बन्धी पुस्तक लोकार्पण गर्दै डा. मार्क एफ. वाट्सन ।

वनस्पतिविद डा. वाट्सन फ्लोरा अफ नेपालका चिफ एडिटर हुन् । १० संस्करणमा निकाल्ने भनिएको फ्लोरा अफ नेपालको पहिलो संस्करण मात्रै प्रकाशित भएको छ । २३ वर्ष पहिलो सुरु भए पनि हालसम्म एक संस्करणमात्रै प्रकाशित भएको फ्लोरा अफ नेपालको अर्को संस्करण चाँडै प्रकाशित हुने आश रहेको उनले बताए ।

वनस्पति विभागकी महानिर्देशक डा. राधा वाग्लेले आफू वनस्पति सम्बन्धी अध्ययन अनुसन्धान र त्यस सम्बन्धी प्रकाशनका लागि प्रतिवद्ध रहेको बताइन् । फ्लोरा अफ नेपालको कम्तीमा थप एउटा संस्करण आफू विभागमै हुँदा प्रकाशित गर्ने लक्ष्य रहेको र त्यसका लागि सबैसँग सहकार्य गर्ने उनले बताइन् ।

डा. वाग्लेले एक्लाएक्लै भन्दा पनि सहकार्य गरेर अध्ययन अनुसन्धानका विभिन्न चरणका काम गर्न सकिने भन्दै आफूले वातावरण सिर्जनाका लागि पहल गरिरहेको बताइन् ।

ललितपुरको गोदावरीस्थित राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालाका प्रमुख सुभाष खत्रीले आउँदा दिनमा वनस्पति सम्बन्धी अध्ययन र त्यसका नतिजाहरुलाई सञ्चार गर्नका लागि सबैको सहयोगको खाँचो रहेको बताए ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष