
वीरगञ्ज – जनता समाजवादी पार्टीका नेता जन्नत अन्सारी र करिमा बेगमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले दुवै जनालाई टिकट नदिएपछि उनीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्।
अन्सारीले पर्सा क्षेत्र नम्बर १ को (क) र बेगमले पर्सा २ को (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन्।
अन्सारी २०७४ सालको चुनावमा जनता समाजवादी पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। बेगम पनि समानुपातिकतर्फ जसपाबाट निर्वाचित भएकी थिइन्।
आफूले आफ्नो क्षेत्रमा थुप्रै विकास गरेकाले जित्ने विश्वासले उम्मेदवारी दिएको अन्सारीले बताए। जनताको चाहनाअनुसार नै आफूलाई पार्टीले टिकट नदिए पनि उम्मेदवारी दिएको बेगमले बताइन्।
पर्साका चारमध्ये क्षेत्र नम्बर १ र २ को उम्मेदवारी जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय भइरहेको छ।