पर्सा क्षेत्र नम्बर १ मा रोचक चुनावी प्रतिस्पर्धा

पर्सा क्षेत्र नम्बर १ मा रोचक चुनावी प्रतिस्पर्धा
+
-

वीरगञ्ज- आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका कार्यक्रमहरू सुरु भइसकेका छन्।

दलहरूले तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयनसमेत दर्ता गराइसकेका छन्। सोही क्रममा विभिन्न क्षेत्रहरूमा रोचक प्रतिस्पर्धा हुने भनी उम्मेदवारी दर्ताले नै देखाएको छ।

पर्साको क्षेत्र नम्बर १ मा पनि यसपाली रोचक प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।प्रतिनिधिसभा सदस्यको लागि यस क्षेत्रमा मुख्य रूपमा अहिले बनेका दुई गठबन्धनका उम्मेदवारहरूबीच बलियो प्रतिस्पर्धा हुने देखिएको छ।

यसैगरी बागी उम्मेदवारका कारण पनि क्षेत्र नम्बर १ मा झनै रोचक प्रतिस्पर्धा हुने भएको छ।

यस क्षेत्रमा सतारूढ गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्णले उम्मेदवारी दिएका छन्। त्यसैगरी, नेकपा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट वन तथा वातावरणमन्त्रीसमेत रहेका प्रदीप यादव मैदानमा छन्।

त्यही बीचमा सतारूढ गठबन्धन दल नेपाली कांग्रेसका नेता अजय द्विवेदीले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएकाले प्रतिस्पर्धात्मक झनै रोचक बनेको हो।

सतारूढ दलका उम्मेदवार कर्ण ०७४ सालको निर्वाचनमा पर्साकै क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए।

त्यो बेला उनी राजपा र संघीय समाजवादी पार्टीको तफबाट उम्मेदवार बनेका थिए।तर, गठबन्धनका कारण कर्णले यसपाली आफ्नो क्षेत्र परिवर्तन गरेका छन्। क्षेत्र परिवर्तन गरेको भए पनि जनताको सेवाकै लागि भनेर क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रेको उनले बताएका छन्।

एमाले जसपा गठबन्धनका उम्मेदवार मन्त्री यादव पनि ०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनी पनि राजपा र संघीय समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवार बनेर जित हासिल गरेका थिए।

क्षेत्र नम्बर १ मा यसअघि कसैले पनि दुईपटक नजितेको इतिहास छ। यद्यपि यादवले आफूले यसपाली दोस्रो पटक यही क्षेत्रबाट चुनाव जितेर देखाउने दाबी गरिसकेका छन्।

सता गठबन्धनबाट क्षेत्र नम्बर १ मा लोसपाले टिकट पाएपछि कांग्रेसका पुराना नेता अजय द्विवेदीले भने स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारीबाट भने कर्णलाई घाटा हुने देखिन्छ।

द्विवेदीले आफू अन्यायको विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्। उनी २०६४ सालको पहिलो संविधानसभाबाट चुनाव जितेर सभासद भएका थिए। उनी पूर्व जिल्ला सभापतिसमेत हुन्।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?