
अ
+
अ
अ
-
वीरगञ्ज – पार्टीको टिकट नपाएपछि बागी उम्मेदवारी दिएका सात जना नेतालाई जनता समाजवादी पार्टी पर्साले निष्कासन गरेको छ।
टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका सात जनालाई पार्टीको सधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको जसपा पर्साका अध्यक्ष रामनरेश यादवले जानकारी दिए।
निष्कासित हुनेहरुमा जसपाकी केन्द्रीय सदस्य करिमा बेगम, प्रदेश समिति सदस्य जन्नत अन्सारी, मुकेश द्विवेदी,रुपेशमान सिंह, प्रमोद जयसवाल, शिवकुमार साह र गौरीशंकर साह रहेका छन्।
पर्सा क्षेत्र नम्बर १ को ‘ख’ट स्वतन्त्र उम्मेदवारी दिएका अन्सारी ०७४ सालको निर्वाचनमा जसपाबाट यही क्षेत्रबाट चुनाव जितेका थिए।
यस्तै पर्सा क्षेत्र नम्बर २ को ‘ख’बाट स्वतन्त्र उम्मेदवारी दिएकी बेगम समानुपातिकबाट प्रदेश सदस्यमा निर्वाचित भएकी थिइन्।