
अ
+
अ
अ
-
बुटवल – गृहमन्त्री बालकृष्ण खाँणले उपर्युक्त विकल्प र व्यवस्थापनविना सुकुम्बासी नागरिकहरूका घर टहरा भत्काउन नहुने बताएका छन् ।
रुपन्देही- ३ बाट पाँच दलीय गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँणले बुटवल उपमहानगरपालिका – १६ मा चुनाव प्रचार-प्रसार कार्यालयको उद्घाटन गर्दै सुकुम्बासीहरूलाई उचित व्यवस्थापन गर्नुपर्ने बताए।
‘उनीहरूलाई बसोबास गरेको स्थानबाट सार्नै पर्ने अवस्था आएमा उपयुक्त विकल्प दिएर, त्याे विकल्पमा व्यवस्थापन गरेर मात्रै सार्नु पर्छ’-उनले भने।
उनले आफूले गृह प्रशासनलाई घर टहरा भत्काउने अन्य सरकारी निकायको कार्यमा सहभागी नहुन निर्देशन दिइसकेको बताए।