
बुटवल – सत्तारूढ गठबन्धनले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण गर्दैछ । प्रशिक्षण कार्यक्रमलाई सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
दिउँसो २ बजेदेखि बुटवलको योगीकुटीमा हुने प्रशिक्षणलाई प्रधानमन्त्री एवंम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताले सम्बोधन गर्ने कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए ।
प्रशिक्षणमा गठबन्धनमा आवद्ध दलका प्रदेशमा रहेका केन्द्रीय, प्रदेश र जिल्ला कमिटिका पदाधिकारीको सहभागिता रहने पुनले बताए ।
शीर्ष नेताहरू बुटवल आउने भएपछि बुटवल क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।