टिपरले विद्युतकाे लाइन चुडाउँदा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

टिपरले विद्युतकाे लाइन चुडाउँदा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते
+
-

वीरगञ्ज – टिपरले विद्युतकाे लाइन चुडाउँदा करेन्ट लागेर सोमबार वीरगञ्जमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

करेन्ट लागेर पर्साको बहुदरमाई नगरपालिका- ४ बहुअरी पिडरी बस्ने ४५ वर्षीय नागेन्द्रप्रसाद यादवको मृत्यु भएको र वीरगञ्ज-३२ चोर्नी बस्ने १९ वर्षीय सिकेन्द्रप्रसाद यादव घाइते भएको प्रहरीले जनाएको छ ।

बिहान १० बजेको समयमा वीरगञ्ज महानगरपालिका- २२ स्थित ड्राईपोर्ट परवानीपुर सडक खण्डमा ना ८ ख ३८४९ नम्बको टिफरले माटो खसाली ब्याक गर्ने क्रममा विद्युत् टिपरले छाेएर तार चुडिँदा ड्राइपोट्रबाट परवानिपुरतर्फ जाँदै गरेको ना ४६ प ५५४२ नम्बरको मोटरसाइकलमा सवार दुवै जना घाइते भएका थिए ।

घाइतेमध्ये नागेन्द्रको बाटोमा नै मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए ।

सिकेन्द्रको अवस्था समान्य रहेको तथा फरार रहेका टिपर चालकको खोजी भइरहेको गिरीले बताए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’