कोप–२७ मा संयुक्त राष्ट्रसंघ महासचिवको सम्बोधन

‘हानिनोक्सानी सम्बोधनमा हुने निर्णयले कोप–२७ को सफलता निर्धारित गर्छ’

‘हानिनोक्सानी सम्बोधनमा हुने निर्णयले कोप–२७ को सफलता निर्धारित गर्छ’
+
-

काठमाडौँ – जलवायुजन्य गतिविधिका कारण भएको हानिनोक्सानीलाई सम्बोधन गर्नका लागि प्रभावकारी संस्थागत व्यवस्था गर्नु पर्ने र त्यस सम्बन्धमा हुने ठोस सहमतिले नै कोप २७ को सफलता निर्धारण गर्ने संयुक्त राष्ट्रसंघका महासचिवले बताएका छन्।

जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २७ औँ संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्थात् कोप २७ को उच्चस्तरीय उद्घाटनलाई नेपाली समयअनुसार सोमबार अपराह्न सम्बोधन गर्दै महासचिव एन्टोनियो गुटरेसले हानिनोक्सानीको मुद्दा प्रमुखताका साथ उठाएका हुन्।

‘हानिनोक्सानीको मुद्दा सम्बोधन गर्नका लागि यो सम्मेलन स्पष्ट र समयसीमा सहितको मार्गदर्शनमा सहमत हुनु पर्छ’, महासचिव गुटरेसले भने, ‘सो मार्गदर्शनले चुनौतीको स्तर र तात्कालिकतालाई सम्बोधन गर्नु पर्छ। यसले हानिनोक्सानी सम्बोधनका लागि वित्तिय व्यवस्थाका सम्बन्धमा प्रभावकारी संस्थागत व्यवस्था प्रदान गर्नु पर्छ।’

हानिनोक्सानी सम्बोधनका सन्दर्भमा ठोस परिणाम प्राप्त गर्नुसँग कोप–२७ को सफलता जोडिएको र त्यो सरकारहरुको प्रतिबद्धताको अग्निपरीक्षासमेत रहेको महासचिव गुटरेसले बताए।

इजिप्टको शर्म एल–शेखमा आइतबारदेखि सुरु भएको कोप–२७ को वार्ताका लागि तय गरिएको औपचारिक मुद्दाहरुको सूचीमा हानिनोक्सानीलाई पनि पहिलो पटक समावेश गरिएको छ। उप–एजेण्डाका रुपमा रहेको हानिनोक्सानी र त्यसलाई सम्बोधन गर्ने सम्बन्धमा छलफल हुने उल्लेख छ।

महासचिव गुटरेसले जलवायु परिवर्तनको गम्भीर प्रभाव विश्वसामु प्रत्यक्ष रहेको बताउँदै हानिनोक्सानीको मुद्दा अब कुनै पनि हालतमा लुकाउन नसकिने उल्लेख गरे। ‘यो विषय अब नैतिक रुपमा अनिवार्य बनिसक्यो’, उनले भने, ‘अन्तर्राष्ट्रिय सौहार्दताका लागि यो आधारभूत प्रश्न हो र जलवायु न्यायको विषय पनि।’

जलवायु संकटका लागि निकै कम भूमिका रहेकाहरुले त्यसको ठूलो मूल्य चुकाउनु परेको र अनुकूलन वा त्यससँग जुध्नका लागि उनीहरुसँग आवश्यक स्रोत पनि नरहेको महासचिव गुटरेसले बताए।

उनले जलवायु संकटका सम्बन्धमा विश्वव्यापी पूर्व सूचना प्रणाली आवश्यक रहेको पनि बताए। खनिज इन्धन कम्पनीका मुनाफासहितका वित्तलाई जलवायु संकटका कारण भएको हानिनोक्सानीसँग जुधिरहेका समुदाय तथा महँगिएको खाद्य र ऊर्जासँग संघर्ष गरिरहेका समुदायमा लगाउनु पर्ने उनले जोड दिएका छन्।

जलवायु संकटसँग जुध्न र सभ्यता जोगानका लागि झिनो मात्रै आशाको किरण रहेको भन्दै उनले विश्वव्यापी एकता र सौहार्दतासहित तीव्र तथा महत्वाकांक्षी प्रयासहरुको खाँचो रहेको बताए।

‘अवसरको झ्याल बाँकी नै छ, तर आशको किरण मसिनो मात्रै छ’, उनले भने, ‘यो दशक निकै महत्वपूर्ण र यो अवधिमा जलवायु परिवर्तनसँगको विश्वव्यापी युद्धमा हार वा जित हुने छ, हाम्रै आँखा अगाडि।’

महासचिव गुटरेसले मावन परिवारका ८ अर्ब सदस्य तथा आउँदो पुस्ताका लागि जलवायु परिवर्तनसँगको युद्ध जित्नै पर्ने बताए। उनले भने, ‘जसले हात उठाउँछ उसले पक्कै पनि हार्ने छ। त्यसैले सँगै लडौँ र यो युद्ध जितौँ।’

महासचिव गुटरेसले अनुकूलनमा लगानी बढाउनु पर्ने भन्दै सन् २०३० सम्ममा त्यसका लागि वार्षिक वित्तिय सहयोग ३०० बिलियन डलरभन्दा बढी हुनु पर्ने उल्लेख गरे।

गएको वर्ष ग्लास्गोमा विकसित देशहरुले सन् २०२५ सम्ममा अनुकूलनका लागि हुने सहयोग ४० अर्ब डलर प्रतिवर्ष गर्ने वाचा गरेको स्मरण गर्दै उनले त्यसका लागि स्पष्ट मार्गदर्शन चाहिने बताए।

यो पनि पढ्नुहोस्

गम्भीर जलवायु संकटतर्फ विश्व, किन लगातार तातो भइरहेछ पृथ्वी?

गम्भीर जलवायु संकटतर्फ विश्व, किन लगातार तातो भइरहेछ पृथ्वी?

जलवायुजन्य हानिनोक्सानीका लागि वित्तिय सहयोगले पायो औपचारिक प्रवेश, तर हुने छैन दायित्व वा क्षतिपूर्ति

जलवायुजन्य हानिनोक्सानीका लागि वित्तिय सहयोगले पायो औपचारिक प्रवेश, तर हुने छैन दायित्व वा क्षतिपूर्ति

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?