रुपन्देहीकाे प्रारम्भिक नतिजा हेर्दा शीर्ष नेताहरू पछाडि

रुपन्देहीकाे प्रारम्भिक नतिजा हेर्दा शीर्ष नेताहरू पछाडि
+
-

बुटवल- रुपन्देहीका ५ निर्वाचन क्षेत्रको प्रारम्भिक नतिजाले शीर्षतहका नेताहरूलाई पछि पारेको छ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण, निवर्तमान सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह र वामपन्थी नेता घनश्याम भुसाल मतगणनाको प्रारम्भिक नतिजामा पछाडि छन्।

रुपन्देही क्षेत्र नम्बर १ मा एमालेका सचिव छविलाल विश्वकर्माले अग्रता लिएका छन्। उनले ७ हजार ७२५ मत प्राप्त गरेका छन्। दोस्रोमा रहेका नेता घनश्याम भुसालले १४०४ प्राप्त गरेका छन्।

रुपन्देही क्षेत्र नम्बर २ मा एमालेका उपाध्यक्ष विष्णु पौडेल पछि परेका छन्। यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले निरन्तर अग्रता कायम राखेका छन्।

उनले पछिल्लो मत परिणामअनुसार २२४४ मत प्राप्त गर्दा एमाले उपाध्यक्ष पौडेलले १ हजार ९४४ मत प्राप्त गरेका छन्।

रुपन्देही ३ मा राप्रपाका दीपक बोहोरा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई पछि पार्दै अघि बढेका छन्। १० हजार ६ सय ४० मतगणना हुँदा बोहोरा ४ हजार १ सय ७० मतका साथ अग्रता लिएका छन्। गृहमन्त्री खाँणले ३ हजार ९ सय १९ मत प्राप्त गरेका छन्।

रुपन्देही-४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अग्रता लिएको छ। उक्त दलका सर्वेन्द्रनाथ शुक्लाले साइकल चिन्हमा ३९९४ मत प्राप्त गर्दा यसअघि सोही क्षेत्रबाट सांसद रहेका नेपाली कांग्रेसका प्रमोद यादव दोस्रोमा छन्। उनले २७६१ मत प्राप्त गरेका छन्।

रुपन्देही-५ मा नेकपा एमालेका बासुदेव घिमिरेले अग्रता लिएका छन्। उनले यसअघि सोही क्षेत्रबाट सांसद रहेका नेपाली कांग्रेसका भरत शाहलाई उछिनेका छन्। घिमिरेले ८ हजार १ सय ६५ मतसहित अग्रता लिएका हुन्।

उनलाई गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका भरत कुमार शाहले पछ्याइरहेका छन्। शाहले ६ हजार ५ सय ४१ मत ल्याएका छन्। मतगणनाको सुरुवातमा पहिलो स्थानमा देखिएका शाहलाई घिमिरेले पछि पारेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?