वीरगञ्ज – प्रतिनिधि सभा रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिना विजयी भएका छन्।
उनी ३४ हजार १६१ मत ल्याएर विजयी भएका हुन्। तिमल्सिनाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उद्धव प्रसाद रेग्मीले २६ हजार ५५९ मत प्राप्त गरे।
राप्रपाका रुपलाल राय यादवले २ हजार ३७५ मत ल्याउँदै तेस्रो स्थानमा चित बुझाए। तिमल्सिना २०७४ मा पनि यसै क्षेत्रबाट २८ हजार २२८ मत ल्याएर विजयी भएका थिए।

भर्खरै
लोकप्रिय






































































































































































































