
अ
+
अ
अ
-
बुटवल – पाल्पा २ बाट नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गर्दै गैरै निर्वाचित भएका हुन्।
गैरेले २७ हजार ८१७ मत पाउँदा एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत ल्याए।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गेरैले ५ हजार १८० मत मात्र ल्याएका छन्।